- शिशिर दोङ/लोक बहादुर लामा
काभ्रेपलाञ्चोक–प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता रोशी–७ कटुनजेस्थित रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार सम्पन्न भयो ।
विश्व स्वतन्त्र क्योकुशिन संघ नेपाल (डब्लु आइ के ओ) को आयोजना र रोशी गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा महिला र पुरुषका विभिन्न वजन समूहतर्फ फाइट र काटा विधामा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतिस्पर्धामा महिला समूह ३५ केजी मुनि सितल तामाङ, ४५ केजी मुनि रिना माझी, ५५ केजी मुनि निशा सुनुवार र महिला भारी वजन समूहतर्फ सुमित्रा नगरकोटीले प्रथम स्थान हाँसील गर्न सफल हुनुभयो ।
प्रतियोगितामा पुरुष समूहतर्फ ३० केजी मुनि आर्यन तामाङ, ३५ केजी मुनि विनय तामाङ, ४० केजी मुनि रोमन तामाङ, ४५ केजी मुनि रमित महर्जन, ५० केजी मुनि पुरुषतर्फ प्रभात स्याङ्तानले पहिलो उपाधि जित्नुभयो ।
काता विधातर्फ भएको खेलमा महिला कातामा सोनाक्षी लामा र पुरुष कातामा सरोज कुराले प्रथम उपाधिसहति नगद, प्रमाणपत्र, ट्रफि प्राप्त गर्नुभयो ।
प्रतियोगितामा महिला समूह ३५ केजी मुनि अनामिका तामाङ, ४५ केजी मुनि कुशुम थिङ र ५५ केजी मुनि सविता मिजार र महिला भारी वजन समूहतर्फ रोशनी लामा द्धितीय हुनुभयो ।
त्यस्तै पुरुष समूहतर्फ ३० केजी मुनि दिपेक लोप्चन, ३५ केजी मुनि राजु तामाङ, ४० केजी अजित तामाङ, ४५ केजी मुनि अनिल बोहरा, ५० केजी मुनि पुरुषतर्फ राजेश नगरकोटी, पुरुषतर्फ नै ५५ केजी मुनि शमूल मगर द्धितीय हुनुभयो ।
महिला समूहतर्फकै प्रतिस्पर्धामा ३५ केजी मुनि कुमारी तामाङ, एलिना लामा, ४५ केजी मुनि सिर्जना थापा, प्रियशा मगर, ५५ केजी मुनि अनिशा तामाङ र पूर्णिमा तृतीय हुनुभयो भने महिला भारी वजन समूहतर्फ रुबिना श्रेष्ठ र ऋतिका सुर्खेती तृतीय हुनुभयो ।
त्यस्तै पुरुष समूहतर्फ ३० केजी मुनि रोहन विक र सुमन विक, ३५ केजी मुनि माणिक मोक्तान र सुबराज थिङ, ४० केजी मुनि अभिराज लामा र प्रकाश तामाङ, ४५ केजी मुनि अमिर तामाङ र वीरध्वज मोक्तान, ५० केजी मुनि पुरुषतर्फ सुमन स्याङ्तान र मनोज तामाङ, पुरुषतर्फ नै ५५ केजी मुनि साम्तेन लामा र निश्चल तामाङ तृतीय हुनुभयो ।
त्यस्तै महिला कातामा आशमा तामाङ र पुरुष कातामा आयुष अधिकारी द्धितीय हुनुभयो । महिला कातामा सोनिया लामा र पुरुष कातामा सुदीप ग्यावाले भने तृतीय स्थान हाँसील गर्नुभयो ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले एक औपचारिक समारोहका बीच शुक्रबार उद्घाटन गर्नुभएको दुई दिने प्रतियोगिताको शनिबार साँझ गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबाले विजेताहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफि तथा मेडल प्रदान गर्दै समापन गरिएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष वाइबाले खेलकुदले मानिसलाई शारीरिक, मानसिक र रचनात्मक रूपमा सुदृढ बनाउनुका साथै रोशीको पहिचान प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने भएकोले पालिकाले खेल क्षेत्रको विकास र विस्तारमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइबाले कराँते खेललाई राष्ट्रपति रनिङशील कार्यक्रममा नीतिगत रूपमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समाजसेवी स्मीता तामाङले विद्यालय तहदेखि किशोरीहरूलाई खेलकुद शिक्षामा जोड दिइए महिलाहरूले आत्मरक्षा सीपसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिने बताउनुभयो ।
आयोजक संस्थाका प्रमुख एवम् खेल प्रशिक्षक दिल दोर्जे लामाका अनुसार प्रतियोगितामा काभ्रेको रोशी र तेमाल क्षेत्रका साथै काठमाडौं, ललितपुर, मकवानपुरका साथै मधेश प्रदेशका जिल्ला, नेपालमा प्रशिक्षणरत भारतीय खेलाडीहरू समेत गरी करीव १ सय ६० खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।
बालबालिका तथा युवालाई अनुशासित, स्वस्थ, स्फूर्ति एवं सिर्जनशील बनाउन यस खालको खेल प्रतियोगिताहरु आयोजना गर्दै आएको आयोजक संस्थाका प्रमुख एवम् खेल प्रशिक्षक दिल दोर्जे लामाको भनाई छ ।
प्रतियोगितामा ४५ केजि माथिका विजेता खेलाडीहरुलाई विशेष रुपमा नगद पुरस्कार पनि प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । प्रथम खेलाडीलाई रु ५ हजार, दोस्रोलाई २ हजार ५ सय, तेस्रो हुने २ जनालाई १ हजार रुपैयाँका दरले नगदर पुरस्कार प्रदान गरिएको संस्थाका प्रमुख लामाले जानकारी दिनुभयो ।
यस वर्ष खेलाडीको सहभागिता र उत्साह विगतका वर्षहरूभन्दा धेरै बढि देखिएको उहाँको भनाई छ ।
Female Below 35 KG
Frist : Sital Tamang
Second : Anamika Tamang
Third : Kumari Tamang
Third : Alina Lama
Female Below 45 KG
First : Rina Majhi
Second : Kushum Thing
Third : Srijana Thapa
Third : Priyasha Magar
Female Below 55 KG
First : Nisha Sunuwar
Second : Sabita Mijar
Third : Anisha Tamang
Third : Purnima Tamang
Female Heavy Weight
First : Sumitra Nagarkoti
Second : Roshani Lama
Third : Rubina Shrestha
Third : Ritika Surkheti
Male Below 30 KG
First : Aryan Tamang
Second : Depek Lopchan
Third : Rohan B.K.
Third : Suman B.K.
Male Below 35 KG
First : Binaya Tamang
Second : Raju Tamang
Third : Manik Moktan
Third : Subaraj Thing
Male Below 40 KG
First : Roman Tamang
Second : Ajit Tamang
Third : Abhiraj Lama
Third : Prakash Tamang
Male Below 45 KG
First : Ramit Maharjan
Second : Anil Bohora
Third : Amir Tamang
Third : Bir Dhoj Moktan
Male Below 50 KG
First : Prabhat Syangtan
Second : Rajesh Nagarkoti
Third : Suman Syangtan
Third : Manoj Tamang
Male Below 55 KG
First : Hom Bahadur Rai
Seocnd : Samul Magar
Third : Samten Lama
Third : Nischal Tamang
Female Kata
First : Sonakshi Lama
Second : Aashman Tamang
Third : Soniya Lama
Male Kata
First : Saroj Thing
Second : Ayush Adhikari
Third : Sudip Gyaba
समापन समारोह फोटो फिचर
