×

WIKO Nepal

दोस्रो 1 V.S. 1 प्रतियोगिता भव्य रुपमा सम्पन्न


Spread the love

नेपाल चेम्बर अफ कमर्शको हिरक जयन्तीको अवसरमा ग्रमीण पाठशाला, World Independent Kyokushin Organization Nepal र नमोबुद्ध चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा सम्पन्न Second One V.S. One Full Contact Karate Tournament भब्यरुपमा सम्पन्न भएको छ ।कार्यक्रको सभापती नमोबुद्ध चेम्बर अफ कमर्शको अध्यक्ष विदुर प्रसाद बर्तौला हुनु हुन्थ्यो । नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यामा भएको कार्यक्रको विशेष अतिथि नेपाल चेम्बर अफ कर्मसको नि. वर्तमान अध्यक्ष राजेन्द्र मल्ल तथा नेपाल चेम्बर अफ कर्मसको उपाध्यक्ष दिपक श्रेष्ठ हुनुहुन्थ्यो । जम्मा १५६ जना सहभागी खेलाडीहरु :– काभ्रे, भक्तपुर, काठमाडौ, लालितुर, नुवाकोट, मक्वानपुर लगायका जिल्लाहरुबाट प्रतिनिधित्व गरेका थिए । खेलाडिहरुको सहभागी संगै विभिन्न संघ संस्थाका पदाधिकारीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रको व्यवस्थापन शिहान दिल दोर्जे लामाले गर्नु भएको थियो भने स्वगत मन्तव्य ग्रमीण पाठशालाका प्रन्सिपल विदुर भन्डारीले दिनु भएको थियो । प्रमुख अतिथि कुन्साङ लामाले नगरबाट खेलकुदलाई सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो । विशेष अतिथि तथा निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले खेलाडी भाइ बहिनीहरु विद्यार्थी पनि भएकाले आई.टी. क्षेत्रमा अगाडी बढ्न चाहनेलाई शिक्षामा सौलियत गर्न नगरपलिका संग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अन्य अतिथिहरुले शुभाकामना मन्तब्या दिनु भयो भने ध्यचमि World Independent Kyokushin Organization Nepal का महासचिब सृजना तामाङले कार्यक्र संचालन गर्नु भएको थियो ।

   


RELATED MORE...

MORE+

Photo Gallery

Events