×

WIKO Nepal

“World Independent Kyokushin Organization Nepal (विश्व स्वतन्त्र क्योकुशिन संघ नेपाल) को ४ दिने समर क्याम्प तथा सेमिनार सम्पन्न”


Spread the love

१६ भाद्र २०८२

विश्व स्वतन्त्र क्योकुशिन संघ नेपालको आयोजना र कोन्ज्योसोम डोजोको संयोजकत्वमा मिति २०८२ साल भाद्र १२ गते देखि १५ गते सम्म भएको समर क्याम्प, रेफ्रि सेमिनार र प्रमोशन टेस्ट भव्य र सव्य रुपमा सम्पन्न गरियो । डोजो प्रमुख सञ्जय स्याङतानको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथि कोन्ज्योसोम गाउँपालिकाको वडा नं. १ को अध्यक्ष शन्त लाल लामा हुनु हुन्थ्यो भने विशेष अतिथि ज्ञानुदय आधारभुत विद्यालयको स्कुल व्यवस्थापन समितिको अध्यक्ष विर बहादुर गोङबा हुनु हुन्थ्यो । वरिष्ठ प्रशिक्षक जोग बहादुर थिङ (रमेश) ले संचनलन गरेको कार्यक्रममा– प्रमुख अतिथि शन्त लाल लामा, विशेष अतिथि विर बहादुर गोङबा, काभ्रे फुल कन्ट्याक्ट कराँतेको अध्यक्ष बिबेक तामाङ र ब्रान्चिफ दिल दोर्जे लामाले  सम्बोधन गरेको थियो । प्रमुख अतिथि ज्यूले सहभागी सबैलाई प्रमान पत्र वितरण गर्दै यस खेललाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

 

 


RELATED MORE...

MORE+

Photo Gallery

Events