विश्व स्वतन्त्रत क्योकुशिन संगठन नेपालको आयोजनामा यहि 17 May 2025 मा काभ्रेको नमोबुद्धमा प्रथम One vs One प्रतियोगिता हुने भएको छ । कार्यक्रममा जम्मा ७४ जना खेलाडीले भाग लिने क्योकुशिन संगठन नेपालको अध्यक्ष तथा शाखा प्रमुख शिहन दिल दोर्जो लामाले जनाएको छ । कार्यक्रममा नरेफाड सेवा समाजका अध्यक्ष एवं समाजसेवी सफल व्यवसायी सार्किमान बलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा संस्थाका सचिव सृजना तामाङले कार्यक्रम संचालन गर्नेछ ।






