विश्व स्वतन्त्र क्योकुशिन संगठन नेपालको भेटघाट तथा चिया पान कार्यक्रम सम्पन्न ।

आज मिति २०८१ चैत्र २३ गते सनिवार भएको कार्यक्रम W.I.K.O. को ब्रान्चिफ दिल दोर्जे लामाको सभपतित्वमा र नमोनुद्ध चेम्बर अफ कमर्सको अध्यक्ष बिदुर प्रसाद बर्तौलाको प्रमुख आतिथ्यमा, भकुन्डेबेसी प्रहरी चौकी इन्चार्ज बुद्धि खड्का, समाज सेबि बाबू लामा, श्री कृष्ण आधारभूत विद्यालयको अध्यक्ष रामकुमर मैनाली, ग्रामीण पाठशाला शिक्षा संयोजक सौरब मैनाली, युवा ब्यवसायी बिक्रम लामा, समाज सेवा गायत्री मिजार, पत्रकार देव राज उप्रेती लगायत ६० जान खेलाडीहरुको उपस्तिथि रहेको गरियो । प्रमुख अतिथी बिदुर बर्तौला ज्यु खेलकुदलाई आफुले सक्ने खेलकुद सामाग्री बितर गर्ने प्रतिबद्धता ब्यक्ति गर्नु भयो । उक्त कार्यक्रममा कर्तब्य निस्ठ प्रहरी हवल्दार कर्ण बहारुद गुरागाईं प्रशंसा पत्र बितरण गरेर ईमानदार कामको उच्च मुल्यांकन गर्दै सम्मान परियो । प्रथम इन्डो नेपालको बिजेता खेलाडीहरुलाई खादा लगाएत प्रशंसा गरियो । कार्यक्रम संचालन विश्व स्वतन्त्र क्योकुशिन संगठन नेपालको सहसचिव मैना माया तामाङले गर्नु भएको थियो । भने अध्यक्ष दोल दोर्जे लामाले समापन गर्नु भएयो थियो ।
